११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

जो कोरोना संक्रमितकै दैलोदैलोमै पुग्छन् !



मायादेवी अनलाइन, चारनम्बर ।
कुनै ब्यक्ति कोरोना संक्रमित भइहाल्यो भने ऊ त अपहेलित हुन्छ नै उसका परिवारका सदस्य पनि समाजमा हेयका पात्र बन्छन् । समाजका अन्य ब्यक्ति र एम्बुलेन्सले कोरोना संक्रमित ब्यक्तिलाई समयमा उठाएर अस्पताल नलग्दा कैयौँले मृत्युवरण भोग्नु परेको तितो यथार्थ एकातिर छ भने अग्रभागमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी तथा कतिपय संचारकर्मीले बाहिर निस्केकै भरमा डेरा छोड्नुपर्ने अर्को उदेकलाग्दो स्थिति छ ।

यता समाजमा कोरोना संक्रमितको नजिक नै पर्नु हुँदैन । उनीहरुको घरमा जे विपत्ति आइलागे पनि वास्ता गर्नु हुँदैन भन्ने खालको धारण पनि छ । एक प्रकारले भन्ने हो भने संक्रमित प्रति मानवीय र सेवा भाव पटक्कै छैन । यसले गर्दा कोरोना संक्रमित भएका ब्यक्ति र परिवारलाई समाजमा बाँच्नसमेत झन्झन् कष्टकरपूर्ण स्थिति छ ।

कोरोना प्रतिको यस धारणले समाजमा संक्रमितहरु र उनका परिवारहरुलाई जिउनै कठिन हुन थालेपछि कपिलवस्तुको बाणगंगा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र केही युवाहरुले कोरोना संक्रमितहरुको घरघरमा पुग्ने अभियानमा थालेका छन् । जिल्लामा निशेधाज्ञा भए पनि यसले यी अभियानकर्मीलाई रोकेको छैन ।

जनप्रतिनिधिको तर्फबाट उपप्रमुख चक्र अर्याल, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेज, केही वडाध्यक्षहरु, स्वास्थ्यकर्मी, युवाहरुमा खिमानन्द पौडेल (कोपिल) रमेशचन्द्र भुसाल, मनोज खत्री, भीमकान्त भट्टराई, प्रविन पौडेल, रामु न्यौपाने, लगायतको दैन्दिनी अहिले नगरका संक्रमितलाई भेट्नुमै बित्छ ।संस्थामा आवद्ध अन्य युवा पनि अभियानमा जोडिएका छन् ।

परिवारबाट यस खालको कर्म नगर्नुपर्ने दबाब आए पनि समाजमा कोरोना संक्रमित प्रति गरिने ब्यवहारले झन् ठुलो समस्या निम्त्याएको भन्दै परिवारको दबाब थेगेरै उनीहरु अभियानमा होमिरहेका छन् । होम आइसोलेसनमा रहेका संक्रमितको दैलोदैलोमा पुग्ने गर्दछन् उनीहरु दिनहुँ ।

नगरमा आजसम्म ४९३ जना सकृय संक्रमित भएका छन । उनीहहरु सबैको घरघरमा पुग्ने उनीहरुको योजना छ । अभियानको क्रममा संक्रमितलाई भेट गरेर हौसला दिने मात्र काम भएको छैन पौष्टिक आहार बाँड्ने काम पनि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले मायादेवी अनलाइनसंग बताउनु भयो ।

आफूहरु हौसला र पौष्टिक आहार लिएर पुग्दा संक्रमितहरु औधी खुसी भएको पौडेलले बताउनु भयो । संक्रमितको घरमा पुग्दा कुनै समस्या आएमा आफूहरुलाई भन्न, उच्च मनोबल उच्च राख्न भनिरहँदा संक्रमितहरुले खुसीको आसुँ छाडेको पनि उहाँले मायादेवीसंग सुनाउनु भयो । सुरुमा आफूहरुलाई पनि डर लागेको थियो तर अहिले उनीहरुको आत्मबल बढाउन घरघर पुग्नै पर्दछ भनेर सबै मिलेर हिँडेको नगर उपप्रमुख चक्रपाणी अर्यालले बताउनु भयो । उहाँले आइसोलेसन बनाउनु र कोरोना जाँच्नु मात्र नगरको काम नभएर संक्रमितलाई भेटेर उच्च हौसला दिनु पर्ने पनि आफूहरुको कर्तव्य भएको बताउनु भयो ।

उसो त यस क्षेत्रमा मानवीय र सामाजिक काम गर्ने संस्थामा आवद्ध भएका युवाहरुले यस अघि नै अभिान सुरु गरेका थिए । अक्सिजन बैङ्क नै संचालन गरी राहत दिइरहेका लायन्स क्लव अफ बाणगंगा, लायन्स क्लव अफ कपिलवस्तु, कपिलवस्तु जेसिजमा आवद्ध युवाहरु हरेक दिन बिभिन्न वडामा जान्छन् ।

शनिबार मात्रै नगरपालिकाको वडा नं.७ र ८ मा रहेका ६२ जना सक्रिय संक्रमितहरुसंग भेटघाट गरी उनीहरुले आत्मबल उच्च बनाउने काम गरे भने स्वास्थ्यवद्र्धक मह र च्यावनप्रास पनि वितरण गरिएको लायान्स क्लब अफ बाणगंगाका द्धितीय उपाध्यक्ष मनोज कुमार खत्रीले जानकारी दिनुभयो । शुक्रबार पनि आफुहरुले वडा नंं. ९ मा २७ र ११ मा २२ जना सक्रिय संक्रमितहरुसंग भेटघाट गरेको जेसिज कपिलवस्तुका अध्यक्ष भीमकान्त भट्टराई बताउनु हुन्छ ।

लायन्स क्लव अफ बाणगंगाका अध्यक्ष तथा अक्सिजन बैङ्कका संयोजक रमेश चन्द्र भुसालले संक्रमितको घरघरमा पुग्दा उनीहरुमा आत्मबल बढेको, खुसी भएको पाइएको बताउनु भयो ।

संक्रमितको घरमा माखो पनि घुम्न हुन्न भन्ने धारण रहे पनि जनप्रतिनिधि र युवाहरु घरमा आउँदा धेरै खुसी लागेको संक्रमितहरुले सुनाएको भुसालले मायादेवीसंग भन्नुभयो । यस्तो अभियानलाई थप निरन्तर रुपमा बढाइने लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष सुरेन्द्र घिमिरे बताउनु हुन्छ ।

कोरोना महाबारीबाट बच्नका लागि विभिन्न सचेतनामुलक कार्यक्रम, मास्क, स्यानेटाईजर लगायतका सामग्री वितरण पनि गरिहेको लायन्स क्लब अफ बाणगंगाका सदस्यता बृद्धि संयोजक खिमानन्द पौडेल कपिलले बताउनु भयो ।

उहाँका अनुसार भोलीका दिनमा बिभिन्न विपद् तथा महामारीबाट बच्न अस्पताल नै बनाउने योजना छ । जेसिजका कार्यकारिणी उपाध्यक्ष प्रविन पौडेलले अब गरिब र विपन्न भएकै कारण संक्रमितहरुले औषधी नपाउने, मृत्यु हुनु पर्ने स्थिति नरहेको भन्दै विपद्मा आफूहरुलाई सम्झन आग्रह गर्नुभयो ।

अक्सिजन बैङ्कमा संकलन भएको स्वास्थ्य सामग्री र रकम गरिब र विपन्नकै लागि खर्च हुने उहाँको भनाई छ । गत बर्षपनि उहाँहरुले घरघरमा डाक्टर अभियान गर्नुभएको थियो ।

अक्सिजन बैङ्कमा संकलन भएको स्वास्थ्य सामग्री र रकम गरिब र विपन्नकै लागि खर्च हुने उहाँको भनाई छ । गत बर्षपनि उहाँहरुले घरघरमा डाक्टर अभियान गर्नुभएको थियो ।

अक्सिजन बैङ्कमा संकलन भएको स्वास्थ्य सामग्री र रकम गरिब र विपन्नकै लागि खर्च हुने उहाँको भनाई छ । गत बर्षपनि उहाँहरुले घरघरमा डाक्टर अभियान गर्नुभएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८ आइतबार ००:००  ७ : ५९ बजे