८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

अर्घाखाँचीमा भीरबाट लडेर बालिकाको ज्यान गयो



अर्घाखाँची ।


अर्घाखाँचीमा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। बाख्रा चराउन गएको बेला भीरबाट खसेर मालारानी–७ बामरुक चौपारी निवासी गोमबहादुर थापाको १४ वर्षीया छोरी सम्झना थापाको मृत्यु भएको हो।

बाख्रा चराउन गएकी सम्झनाको दर्गाको भीरबाट करिब पाँच सय मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८ आइतबार ००:००  २ : ३० बजे