१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

के छ राष्ट्रपतिले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशमा



काठमाडौं ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी छिन् ।

नेपाल नागरिकता ऐन, २०६३ लाई तत्काल संशोधन गर्न वाञ्छनीय भएको तर हाल संघीय संसद नरहेकाले अध्यादेश ल्याउनु परेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।

अध्यादेशमा २०७२ साल असोज ३ अघि जन्मेको आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकको सन्तानले बाबु र आमा दुबै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नागरिकता पाउने उल्लेख गरिएको छ ।

यस्तै नेपालको नागरिक आमाबाट नेपालमा जन्म भइ नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले पनि वंशजको आधारमा नागरिकता पाउने उल्लेख गरिएको छ ।

तर नागरिकता प्राप्त गरेका बाबु विदेशी रहेको ठहरेमा भने त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम हुने छैन र निजले बाबुको नागरिकताको आधारमा विदेशी मुलुकको नागरिकता प्राप्त गरेको भनी तोकिएबमोजिम स्वघोषणा गरेमा सो नागरिकतालाई अंगीकृतमा परिणत गरिने उल्लेख छ ।

यस्तै गलत विवरण दिएमा वा स्वघोषणा गरेमा ३ वर्षसम्म जेल वा ३ लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था समेत अध्यादेशमा रहेको छ । यो अध्यादेशलाई लिएर समर्थन र विरोधका मिश्रित आवाजहरू उठिरहेका छन् ।

May be an image of text
May be an image of text
May be an image of text

प्रकाशित मिति : १० जेष्ठ २०७८ सोमबार ००:००  ७ : ०२ बजे