१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

ओली समूहद्धारा झलनाथ र माधवलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन



काठमाडौं ।
नेकपा एमालेको ओली समूहले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । उक्त समूहको आज बसेको स्थायी कमिटीको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।

बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ, माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको स्थायी कमिटीका एक नेताले जनाए ।

निष्कासनमा पर्नेमा समानुपातिकबाट सांसद बनेका रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु, पुष्पा कर्ण कायस्थ र कल्याणी खड्का समेत छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७८ सोमबार ००:००  ६ : ४९ बजे