१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

केपी ओली कम्युनिस्ट आन्दोलनको गद्दार हुन्, हाम्रो रौँ हल्लँदैन : झलनाथ खनाल



काठमाडौं ।
नेकपा एमालेका नेता झलनाथ खनालले केपी ओली ‘कम्युनिस्ट आन्दोलनको गद्दार’ भएको आरोप लगाएका छन् । सोमबार ओली पक्षीय स्थायी कमिटी बैठकले खनाल–नेपाल पक्षका सांसदलाई कारबाही गरेपछि नेता खनालले ओलीलाई ‘गद्दार’ भनेका हुन् ।

“केपी ओली कम्युनिस्ट आन्दोलनका गद्दार हुन् । उनले गर्ने निर्णयले हाम्रो रौँ हल्लिदैन,” उनले भने ।

आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधेका ११ सांसदलाई निष्कासन गरेको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदहरुलाई कारबाही गरेको हो ।

प्रकाशित मिति : १० जेष्ठ २०७८ सोमबार ००:००  ७ : २० बजे