८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नवलपरासीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन



नवलपरासी ।
असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाल विद्यार्थी संघले पश्चिम नवलपरासीमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ ।

रामग्राम र सुनवल नगरपालिकामा नेविसंघका जिल्ला नेता अर्जुन पौडेल, विकास घिमिरे र इमामुल अलीको नेतृत्वमा, सरावल गाउँपालिकामा रियाज अलीको नेतृत्वमा, सुस्ता गाउँपालिकामा राजकुमार कुशवाहाको नेतृत्वमा, प्रतापपुर गाउँपालिकामा अनोज यादव र अजाज अन्सारीको नेतृत्वमा तथा बर्दघाट नगरपालिकामा केदार चौधरी र कमल बस्यालको नेतृत्वमा विरोध कार्यक्रम सहित पुत्ला दहन गरिएको हो ।

नेपाली कांग्रेसका जिल्ला सभापतिले आइतबार एक विज्ञप्ती जारी गर्दै वर्तमान सरकारको कदमविरुद्ध आन्दोलनका लागि तयार रहन जिल्लाका पार्टी कार्यकर्ता र शुभेच्छुकलाई अनुरोध गरेका थिए ।

सोही अनुरोध अनुसार नेविसंघ सोमबार जिल्लाका सबै पालिकामा सरकारविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघका निवर्तमान जिल्ला सभापति राजन भण्डारीले बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८ मंगलबार ००:००  ६ : ४८ बजे