१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

बाणगंगामा भोलि र पर्सी ६२ देखि ६४ बर्ष भएकाले मात्र खोप पाउँदै, कहाँ जाने ?



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा भोलिदेखि कोरोनाविरुद्धको खोप लगाइँदै छ । चीन सरकारबाट अनुदानमा आएको भेरासेल नामक खोप ज्येष्ठ नागरिकलाई लगाउन लागिएको हो ।
नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार वि सं २०१३ २४ देखि २०१६ २५ गतेकोबीचमा जन्मिएका अर्थात् ६२ देखि ६४ बर्षका ज्येष्ठ नागरिकले मात्र सो खोप पाउने छन् ।

यो केन्द्रको आदेश भएकाले त्योे मितिबाहेकका कसैलाई पनि खोप दिन नसकिने समेत पौडेलले मायादेवीसंग बताउनु भयो । दुई दिन लगाएर नगरमा सो अवधिका १२ सय १ जनालाई खोप लगाइने छ ।

नगरका वडा नम्बर १, २, ३, ४, १० र ११ का लागि पिपरा अस्पतालबाट खोप लगाउने ब्यवस्था गरिएको छ भने वडा नम्बर ५,६,७,८ र ९ का मानिसहरुले मोतिपुर स्वास्थ्य चौकीबाट खोप पाउने छन् ।

खोप लगाउन आउँदा नागरिकताको सक्कली प्रति र परिचय स्पष्ट खुल्ने प्रमाण पत्र लिएर आउन स्वास्थय शाखा प्रमुख पौडेलको आग्रह छ । यसअघि पहिलो चरणमा खोप लगाएका ज्येष्ठ नागरिकको लागि यो खोप नभएको भन्दै पहिलो चरण खोप लगाएका ज्येष्ठ नागरिकहरुलई नआउन समेत उहाँले विन्ति गर्नुभयो ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र पत्रकार गरी करिब ९ हजार बढीलाई भारतीय अनुदानबाट आएको कोभिडसिल्ड खोप दिइएको थियो । चीनले नेपाललाई थप १० लाख डोज खोप अनुदानमा दिएको थियो । त्यही खोप अहिले देशभर आवश्यकता अनुसार लगाईदै छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८ सोमबार ००:००  ५ : १३ बजे