१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

सिद्धार्थ सामाजिक विकास केन्द्रद्धारा महिलाका लागि मर्यादा किट वितरण



मायादेवी अनलाइन, तौलिहवा ।
सिद्धार्थ सामाजिक विकास केन्द्रले किशोरी तथा महिलाका लागि ४५ वटा मर्यादा किट वितरण गरेको छ । महिलासंग सम्वन्धित महत्वपूर्ण सामग्री रहेको मर्यादा किट आइतबार स्वास्थ्य कार्यालय कपिलवस्तु र माहुरी होमका प्रतिनिधीलाई हस्तान्तरण गरेको हो । विभिन्न पालिका अन्तरगत आइसुलेशन रहेका किशोरी र महिलाहरुको लागि मर्यादा किट वितरण गरिएको संस्थाले जनाएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुलाई १५ र माहुरी होम संस्थालाई ३० गरी ४५ वटा मर्यादा किट वितरण गरिएको छ । जसअन्तरगत १० वटा किशोरीहरुको रहेको कार्यक्रमका अधिकृत श्रीधर पोखरेलले बताउनुभएको छ ।

आइसुलेशन बस्दा किशोरी र महिलाको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर १४ प्रकारका महत्वपूर्ण सामग्री रहेको मर्यादा किट वितरण गरिएको संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँले गतवर्षदेखि नै कोभिड १९ को महामारीबाट जोखिममा परेका किशोरी र महिलाहरुको स्वास्थ्य जटिलतालाई सम्वोधन गर्न मर्यादा किट वितरण गर्दै आएको बताउनुभयो ।

गतवर्ष युएनएफपिएको सहकार्यमा लुम्बिनी प्रदेशका ६ जिल्लामा मर्यादा किट वितरण गरिएको थियो । गतवर्ष क्वारेन्टिनमा ठुलो संख्यामा रहेका किशोरी, महिला, गर्भवती तथा सुत्केरी महिलाहरुको लागि उक्त सामग्री प्रभावकारी भएको पाइएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८ सोमबार ००:००  ६ : ३८ बजे