१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै




काठमाडौ ।


लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २९७८र७९ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गर्दैछ।

प्रदेश मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नीति तथा कार्यक्रम पारित गर्दै प्रदेशसभामा सम्बोधनका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

सरकारका प्रवक्ता वैजनाथ चौधरीले आज दिउँसो ४ बजे प्रदेश प्रमुख धर्मनाथ यादवलाई नीति तथा कार्यक्रम प्रस्तूतका लागि बैठकले सिफारिस गरेको बताए।

विपक्षी गठबन्धनको भने सरकारको वैधानिकतामाथि प्रश्न उठिरहेका बेला विधि र प्रक्रियाबाट नीति तथा कार्यक्रम ल्याउन आग्रह छ।

नेपाली कांग्रेसका प्रमुख सचेतक फकरूद्धिन खाँनले वैशाख १९ गतेको सरकारको नियुक्ति र सपथ संविधानको एउटा धाराबाट गरिएकोमा जेठ ३ गतेको सर्वोच्च अदालतको अन्तरिम आदेशले सरकारको स्वरुप परिवर्तन गरिदिएको भन्दै सरकार कुन विधि र प्रक्रियाबाट गठन भएको हो प्रदेशसभालाई स्पष्ट पार्न आग्रह गरे।

वैशाख १९ गते संविधानको धारा १६८ को १ अन्तर्गत मुख्यमन्त्रीको नियुक्ति र सपथ गरिए पनि जेठ ३ गतेको सर्वोच्च अदालतको अन्तरिम आदेशले सरकारको स्वरुप धारा २ अन्तर्गत परिवर्तन गरिदिएको छ, सरकारले यसको प्रक्रिया प्रारम्भ गर्ने कि नगर्नेरु’ उनको प्रश्न छ ।

खाँनले सरकारले ल्याउने नीति तथा कार्यक्रममा आफूहरूको कुनै अवरोध नरहे पनि सरकारसामू वैधानिकताको प्रश्न उठाईरहने बताए। उनले सरकारलाई संविधानको मूल्य मान्यतालाई आत्मसात गर्दै विधि र प्रक्रियाबाट अगाडि बढ्न आग्रह गरे।

यस्तै, लुम्बिनी प्रदेश सरकारले कोभिड – १९ नियन्त्रण तथा उपचार कोषमा १० करोड रूपैयाँ थप गरेको छ। मन्त्रिपरिषद बैठकले कोरोना उपचारमा थप रकम आवश्यक पर्ने भएपछि १० करोड रुपैयाँ थप गरेको मन्त्री चौधरीले बताए।

प्रकाशित मिति : २५ जेष्ठ २०७८ मंगलबार ००:००  १२ : १६ बजे