१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

माधव पक्षको समर्थनमा मुख्यमन्त्री भट्टले पाए विश्वासको मत



काठमाडौं ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले ३० सांसदको समर्थन पाएका थिए ।

मुख्यमन्त्री भट्टको सरकारको पक्षमा ३० सां‌सदले मत दिएसँगै उनले विश्वासको मत प्राप्त गरेको सभामुख अर्जुनबहादुर थापाले घोषणा गरेका छन् ।

भट्टको पक्षमा माओवादी केन्द्रका १३ जना र एमाले माधव समूहका १७ जनाले मत हालेका छन् । कुल ५२ सदस्य रहेको प्रदेश सभामा ओली समूहका ७ जना, जसपाका २ जना काँग्रेसका १२ जना सांसदले मत हालेनन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८ मंगलबार ००:००  १२ : ४१ बजे