१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

पानीमा डुबेर अर्घाखाँचीमा एक जनाको मृत्यु



बिष्णु कुमार आले, अर्घाखाँची ।

नुहाउने क्रममा पानीमा डुबेर अर्घाखाँची सन्धिखर्क ११ गतेका ४८ बर्षीय कुल बहादुर कुमालको मृत्यु भएको छ ।

खेतमा धानको ब्याड बनाएर घर फर्किने क्रममा रामपथ माटे बाँगी खोलामा निर्माणाधीन अवस्थामा रहेको पुलको पिल्लर मुनि जम्मा भएको पानीमा नुहाउन पसेका कुमालको बुधबार डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले जानकारी दिए ।

पुल मुनि जमेको धमिलो पानीको गहिराई थाहा नहुदा कुमालको पौडी खेल्न नसक्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । शवलाई अहिले पोष्टमाट्मका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८ बुधबार ००:००  ५ : १३ बजे