७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

जसपाले रुपन्देहीका १६ वटै पालिकामा रक्तदान गर्दै



सिद्धार्थनगर ।
जनता समाजवादी पार्टीले गठन गरेको विपद व्यवस्थापन समितिको आयोजनामा सिद्धार्थनगर (भैरहवा) मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना महामारीका कारण अस्पतालमा भर्ना भएका विरामीहरुलाई रगतको अभाव भएकाले रक्तदान अभियान शुरु गरेको सो पार्टीले जनाएको छ ।

जसपा रुपन्देहीको पार्टी कार्यालय भैरहवामा भएको कार्यक्रममा पार्टी र भातृ संगठनका नेता कार्यकर्ता गरी २५ जनाले रक्तदान गरेका छन् । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार सेवा एकाई सिद्धार्थनगरको प्राविधिक सहयोग रहेको जनता समाजवादी विपद् व्यवस्थापन समिति संयोजक रविकुमार रौनियारले बताए ।

रक्तदान कार्यक्रमलाई रुपन्देहीका १६ वटै पालिकामा निरन्तरता दिई ३५० देखि ४०० युनिट रगत संकलन गर्ने लक्ष्य रहेको जसपा रुपन्देहीका इन्चार्ज देबेन्द्र पाण्डे सागरले बताए ।

कार्यक्रममा इन्चार्ज पाण्डे, जिल्ला अध्यक्ष रामअवतार यादव, जसपा विपद व्यवस्थापन समिति संयोजक रविकुमार रौनियार लगायतका नेता कार्यकर्ताको सहभागिता थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८ बुधबार ००:००  ५ : ३७ बजे