८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु



अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका– ९ तारिकेमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भूमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको जीप तारिकेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि भूमिकास्थान–९ का जीप चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको घटनास्थलमा नै ज्यान गएको स्थानीय माधव घिमिरेले जानकारी दिनुभएको छ । जीप सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । गाडीमा चालक नेपाली मात्रै रहेका स्थानीयले बताएका छन् ।

तस्बीर फाइल

प्रकाशित मिति : २७ जेष्ठ २०७८ बिहिबार ००:००  ९ : ५७ बजे