८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अर्घाखाँचीमा दिनहुँ जसो दुर्घटना, विहीबारको दुर्घटनामा चालकको मृत्यु



बिष्णु कुमार आले, अर्घाखाँची ।

अर्घाखाँचीको भूमिकास्थानमा जीप दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भूमिकास्थान ९ का ३० बर्षीय जीप चालक राम बहादुर नेपाली रहेका छन् ।

डेवाबाट बसन्तपानी जादै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जीप गएराति भूमिकास्थान ९ चियानडाँडा सडकखण्डबाट करिव ४० मिटर तल खसी दुर्घटना हुँदा घटनास्थलमै नेपालीको मृत्यु भएको हो । गएराति दुर्घटनामा परेको जीप भित्र मृत अवस्थामा नेपालीलाई आज बिहान मात्र फेला पारिएको वडा अध्यक्ष नारायण प्रसाद खनालले जानकारी दिए ।

डेभा गाडि धनीको घरबाट बसन्तपानी जानका लागि चालकले एक्लै जिप लिएर गएका थिए । जिप तिब्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ । बिहान सात बजे स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

जानकारी पाउने बित्तिकै जिल्ला प्रहरीको टोली घटनास्थल पुगेको थियो । अहिले जिल्ला प्रहरीको टोली घटनास्थल पुगेर मुचुल्का तयार गरि सवलाई पोष्टमाट्र्कामका लागि जिल्ला अस्पताल ल्याउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले बताए ।

गएराति दुर्घटना कतिबेला भयो भन्ने बारे खुल्न सकेको छैन । अर्घाखाँचीमा दिनहुँ जसो दुर्घटना हुने गरेका छन् । बुधबार सन्धिखर्कबाट मालारानी जादै गरेको लु १ प ८२२८ नम्बरको डबल क्याप जिप मालारानी ४ मखातमा दुर्घटना हुँदा ६ जना घाईते भएका थिए । जिप १५० मिटर तल खसी दुर्घटना ग्रस्त भएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८ बिहिबार ००:००  ११ : २४ बजे