१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पत्रकारको अभियानमा नेपाली सेनाको साथ



शिव सुवेदी, गुल्मी ।

नेपाल पत्रकार महासघं गुल्मीको अक्सिजन अभियानमा नेपाली सेनाले पनि हातेमालो गरेको छ । कोभिड १९ का कारण जिल्लामा मृत्यु भएकाहरुको शव ब्यवस्थापन गदै आएको नेपाली सेनाले पत्रकार महासघं गुल्मीको अक्सिजन अभियानमा समेत हातेमालो गरेको छ । नेपाल पत्रकार महासघं गुल्मीको समन्वयमा जिल्लामा आउने अक्सिजन, स्वास्थ्य सामाग्री वितरण तथा भण्डारण गर्ने काममा नेपाली सेनाले सहयोग गर्दै आएको छ ।

गुल्मी जिल्लामा अहिलेसम्म नेपाली सेनाले १३ वटा शव व्यवस्थापनको काम गरेको संग्राम शार्दुल गुल्म धागिथुम व्यारेकका प्रमुख सेनानी डायमण्ड कार्कीले जानकारी दिए । उनका अनुसार जिल्लाका रेसुङा नगरपालिका , मुसिकोट नगरपालिका, गुल्मीदरवार गाउँपालिका, धुर्कोट गाउँपालिका, इस्मा गाउँपालिका, मालिका गाउँपालिका र छत्रकोट गाउँपालिकाका कोभिडका कारण मृत्यु भएका १३ वटा शव व्यवस्थापन गरेको बताए।

नेपाल सरकाले नै कोभिडका कारण मृत्यु भएकाको शव व्यवस्थापन गर्ने जिम्मा सेनालाई दिने निणर्य गरेको छ सेनानि कार्कीले भन्नुभयो, जिल्लामा पनि हामीले मृतकका आफन्त र जिल्लाको सल्लाहमा शव व्यवस्थापन गर्ने गरेका छौ । नेपाली सेनाले जिल्लाका विभिन्न स्थानमा आईशोलेसन निर्माण गर्न समेत सहयोग गरेको छ ।

पत्रकार महासघ गुल्मीको अभियानमा नेपाली सेनाले हातेमालो गरि सहयोग गरेकोमा संग्राम शार्दुल गुल्म धागिथुम व्यारेकका प्रमुख डायमण्ड कार्की लगायतको सेनाको टिमलाई महासंघका अध्यक्ष टोपलाल अर्यालले धन्यवाद ब्यक्त गरे । अप्ठ्यारो परे खवर गरेपछि जतिवेला पनि नेपाली सेनाले हामीलाई सहयोग गर्दै आएको छ अध्यक्ष अर्यालले भने, जिल्लामा पर्ने दैवीप्रकोप लगायत हाम्रो अक्सिजन अभियानमा नेपाली सेनाले पुर्‍याएको योगदानको पत्रकार महासघ गुल्मी शाखा र म सम्मान गर्छु ।

कोभिड १९ को दोस्रो लहरले गुल्मीमा अक्सिजन अभाव भएपछि नेपाल पत्रकार महासघं गुल्मीले जिल्लामा अक्सिजन अभियान शुरु गरेको थियो । पत्रकार महासघंले अहिले जिल्लामा अक्सिजन अभाव हुन नदिने कामसगै अक्सिजन प्लान्ट निर्माणका लागि जिल्ला अस्पताललाई ६० लाख रुपैया प्रदान गरेको छ ।

देश तथा विदेशमा रहेका नेपालीहरुसगँ हातेमालो गर्दै रकम सकंलन गरि महासघले प्लान्ट निर्माणका लागि रकम सकंलन गरि जिल्ला अस्पताललाई ६० लाख हस्तान्तरण गरेको हो । साथै महासघको समन्वयमा जिल्लाका विभिन्न स्थानीय तह,स्वास्थ सस्थाहरुमा अक्सिजन,स्वास्थ सामाग्री वितरण समेत गरिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८ बिहिबार ००:००  ११ : ३९ बजे