१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

भारतको मुम्बईमा घर भत्किँदा ११ जनाको मृत्यु



एजेन्सी ।

भारतको मुम्बईमा एक आवसीय घर भत्किँदा ११ जनाको मृत्यु भएको छ । बुधबार राति ११ बजे मुम्बईको मलाड पश्चिमको बस्तीमा घर भत्किएको हो ।

अहिलेसम्म ११ जनाको मृत्यु भएको पुष्टि भएको छ भने कम्तीमा सातजना घाइते भएका छन् ।

भत्किएको घरको आसपासमा रहेका तीन घर पनि खाली गरिएको छ । रातिको समयमा घर भत्किएका कारण धेरैको ज्यान गएको हो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८ बिहिबार ००:००  १ : २६ बजे