१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अस्पतालबाट डिस्चार्ज भए कलाकार मदनकृष्ण श्रेष्ठ



काठमाडौं ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट बुधबार डिस्चार्ज भएका छन्। कोरोना संक्रमण पुष्टि भएपछि दुईपटक अस्पताल भर्ना भएका मदनकृष्ण अघिल्लो साता घर फर्किएका थिए। उनलाई गत शुक्रबार राति छाती दुखेपछि मध्यरातमै गंगालाल अस्पताल लगिएको थियो। उनका छोरा यमन श्रेष्ठले आफ्ना बाबुलाई ५ दिनपछि घर ल्याएको जानकारी दिए।

ुबुवालाई अहिले सन्चो भएको छ। डाक्टरले बुवालाई ४ हप्ता जति रेष्ट गर्ने निर्देशन दिनुभएको छ। त्यसपछि डाक्टरहरूको निर्देशन लाई ध्यान राखी फेरी आफ्नै निर्देशनमा जिन्दगीलाई त्यहि ऊर्जा लिएर अगाडि बढाउनुहुनेछ, उनले भने।

अस्पतालमा शनिबार नै उनको मुटुको एन्जियोप्लास्टी मेडिकल प्रोसिड्युरबाट दुईवटा स्टेन्ट राखेर मुटुमा रक्तसञ्‍चारको ब्लकेज ह्टाइएको उनले बताए।

प्रकाशित मिति : २७ जेष्ठ २०७८ बिहिबार ००:००  ३ : ३० बजे