२४ घण्टामा ३ हजार ७ सय ४९ जनामा कोरोना सङ्क्रमण


काठमाण्डौ ।

पछिल्लो २४ घण्टामा देशभर तीन हजार सात सय ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नौ हजार नौ सय एक जनाको पीसीआर परीक्षण गर्दा दुई हजार आठ सय ७४ जना र पाँच हजार तीन सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा पीसीआर विधिबाट ६ लाख एक हजार ६ सय ८७ जना र एन्टिजेन विधिबाट १७ हजार सात सय १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार दुई सय ९३ जना निको भएसँगै निको हुनेको सङ्ख्या पाँच लाख १५ हजार पाँच सय ९१ पुगेको छ ।

यस्तै थप ५९ जनासहित कोरोना सङ्क्रमणबाट नेपालमा अहिलेसम्म आठ हजार दुई सय ३८ जनाले ज्यान गुमाएका छन् । नेपालमा अहिले ७७ हजार आठ सय ५८ जना सक्रिय सङ्क्रमित छन् ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस