१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

अखिल (क्रान्तिकारी) कपिलवस्तुद्धारा प्रशासनसमक्ष ९ बुँदे मागपत्र पेश



मायादेवी अनलाइन, चारनम्बर ।

नेत्र विक्रम चन्द्र (विप्लव) निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले कोरोना संकटमा प्रभावकारी काम गर्न भन्दै प्रशासनको ध्यानाकर्षण गराएको छ ।

संगठनले बुधबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको कार्यलयमा बिभिन्न ९ बुँदे मागसहितको ज्ञापन पत्र पेश गरेको हो । कोरोनाको यस विषम परिस्थितिमा जिल्लामा प्रभावकारी ढंगले काम हुन नसकेको भन्दै ज्ञापन पत्र पेश गर्नु परेको संगठनका अध्यक्ष विज्ञान क्षेत्रीले बताउनु भयो ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र शिक्षा विकास तथा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरेले यस विषयमा आफूहरुको ध्यानाकर्षण भएको बताउनु भयो । प्रशासनमार्फत् जिल्लाका १० पालिकाका विकृति र समस्याहरुमा सरोकारवाला पक्षसँग गम्भिर ध्यानाकार्षण गराउन सर्कुलर गरिएको अध्यक्ष क्षेत्रीले बताउनु भयो । संगठनले कोरोनाको सकसमा परेकाहरुलाई राहत तथा खाद्यान्ह वितरण गर्ने, रक्तदान गर्ने लगायतका काम गरिरहेको उहाँले बताउनु भयो ।

सङ्गठनले भाडामा बसेका विद्यार्थीलाई राहत प्याकेज उपलब्ध गराउन, विद्यार्थीलाई कोभिड भ्याक्सिनको तत्काल व्यवस्था गर्न, शैक्षिक अन्योल तत्काल अन्त्य गरी शैक्षिक कार्यक्रम घोषणा गर्न, रोकिएका परीक्षाहरु आन्तरिक तथा वैकल्पिक विधिबाट संचालन गर्न, शिक्षामा देखिएको अनियमितता हटाउन माग गरेको छ । 

यस्तै विद्यार्थीलाई सर्टिफिकेटमा लगाइएको महँगो शुल्क हटाउन, कमिसनको लोभमा पाठ्यपुस्तक बर्षेनी परिवर्तन गर्ने प्रणालीको अन्त्य गर्न, पुराना तथा मापदण्ड विपरीतका सवारी संचालनमा रोक लगाउन माग गरेको छ ।

सो ज्ञापन पत्रमा उल्लेख भएका मागहरुः
१) covid19 को उच्च प्रकोपबाट बच्न, बचाउनको लागी तत्काल अक्सिजन, आइसियू, भेन्टिलेटर, औषधीको व्यवस्था गर्न, स्वास्थ्य सामाग्रीहरुको सहज र शुलभदरमा उपलब्ध गराई नागरिकको निशुल्क उपचार गर्न माग गर्दछौँ ।
२) संकटको विषम परिस्थितिमा विभिन्न बाहानमा स्वास्थ्य सामाग्री खरिद–विक्रि प्रकृयामा घोटला, दैनिक उपभोग्य वस्तुको कृतिम अभाव, महंगी, कालोबजारी, पेट्रोलियम पदार्थको मुल्य बृद्धिमा अनुगमन गरि कारवाही गरियोस् ।
३) covid19 बाट प्रभावित विद्यार्थीहरुको भविष्य माथि अन्योयलता सिर्जना नगरी तत्काल विद्यालय आन्तरिक मुल्यांक्न विधिबाट नतिजा प्रकाशित गरियोस् ।
४) covid19 को उच्च प्रकोपमा विद्यालय बन्दाबन्दी रहेको अवस्थामा विभिन्न बाहानामा शुल्क असुल्ने कार्य तत्काल बन्द गरियोस् ।
५) covid19 को जोखिमबाट प्रभावित भाडामा बस्ने विद्यार्थी, मजदुर, व्यावसायीकर्ता, कर, भाडा छुट गरि सेवा प्रदान गरियोस् ।
६) सम्पुर्ण विद्यार्थीलाई निशुल्क रुपमा covid19 विरुद्धको भ्याक्सिनको व्यवस्था गरियोस् ।
७) विद्यालयहरुले विद्यार्थी अभिभावकबाट विभिन्न बाहनामा भर्ना, क्यारेक्टर सर्टिफिकेट, ट्रान्सक्रिप्टमा अत्याधिक शुल्क लिने कार्य तत्काल खारेज गरियोस् ।
८) विद्यालयको प्रशासनले मनपरि ढङ्गले शिक्षक नियुक्ति गर्ने कार्य तत्काल नियन्त्रण गरी योग्यता र क्षमताका आधारमा शिक्षक नियुक्ति गरियोस् ।
९) नेपालको संविधान २०६२ को धारा ३१ को उपधारा (२) बमोजिम नगरिकको हकमा आधारभुत तहसम्मको निशुल्क र अनिवार्य शिक्षा र माध्यमिक तह सम्मको शिक्षा निःशुल्क पाउने व्यवस्था तत्काल कार्यन्वयन गरियोस् र विद्यार्थी संख्यानुसार शिक्षक दरबन्दी मिलान गरियोस् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८ बिहिबार ००:००  ६ : २३ बजे