सभामुखद्धारा सर्वदलीय बैठक आह्वान, प्रधानमन्त्रीलाई पनि निमन्त्रणा !


काठमाडौं ।
सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्दै हुनुहुन्छ । दिउँसो २ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसहित अरू दलका नेताहरूसँग छलफल गर्न लाग्नुभएको हो ।

सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित सबैलाई लिखित निमन्त्रणा पठाउनुभएको उहाँको सचिवालयले जनाएको छ । प्रतिनिधि सभा दोस्रो पटक विघटनको घोषणा भएपछि सभामुख सापकोटाले पहिलो पटक प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री र सबै दलका प्रमुखहरूलाई छलफलका लागि बोलाउनुभएको हो ।

प्रतिनिधि सभा विघटन भएको अवस्थामा सभामुखका केही विशेषाधिकार प्रयोग हुन सक्ने अनुमान भइरहेका बेला उहाँले पूर्व सभामुखहरूसँग छलफल गर्नुलाई महत्त्वका साथ हेरिएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस