कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि दुई युवाद्धारा पालैपालो बलात्कार


धनगढी ।
कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । जिल्लाको वेदकोट नगरपालिका–५ मा स्थानीय युवती माथि दुईजना युवकले पालैपालो बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो ।

बलात्कार गरेको आरोप लागेका वेदकोट नगरपालिका–६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । अर्का आरोपी सोही ठाउँका अन्दाजी २३ वर्षका युवक फरार रहेकाले उनको खोजीकार्य भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

बिहीबार स्थानीय नर्सरी जंगलमा उनीहरुसँगै घुम्न गएका बेला किशोरीमाथि दुवैजनाले जबरजस्ती करणी गरेको आरोप पीडित युवतीले लगाएकी छन् । राति करिब ९ बजेतिर सामूहिक बलात्कार गरेको खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आरोपीमध्येका विकलाई शुक्रबार बिहान पक्राउ गरेको हो ।

युवतीको राति नै स्वास्थ्य परीक्षण गरिएको छ भने रिपोर्ट आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस