२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

कञ्चनपुरमा युवतीमाथि सामूहिक बलात्कार, एकजना आरोपित पक्राउ



कञ्चनपुर ।


बेदकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीय युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार बेदकोट–६ ओझाखालीका २२ वर्षीय धनबहादुर विकलाई शुक्रबार बिहान पक्राउ गरिएको हो। अर्का एकजना फरार रहेको प्रहरीले बताएको छ। युवतीमाथि बिहीवार दिउँसो सामूहिक बलात्कार भएको बताइएको छ।

‘प्रारम्भिक अनुसन्धानमा युवतीलाई ललाई फकाई गाउँ नजिकैको नर्सरीमा लगेर बलात्कार गरेको कुरा खुल्न आएको छ,’ प्रहरी नायव उपरीक्षक थापाले भने, ‘बलत्कृत युवतीको महाकाली अस्पतालमा स्वास्थ्य परीक्षण गराएका छौं।’

फरार आरोपीको खोजी भैरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए। बलात्कृत युवती शारीरिक रुपमा अशक्त रहेको बताइएको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८ शुक्रबार ००:००  १२ : १८ बजे