१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

लुम्बिनीसहितका तीन प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने जनाएको छ । आज लुम्बिनीसहितका गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

हाल देशको पूर्वी र मध्य भू-भागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भू-भागमा पश्चिमी र स्थानीय वायुको मिश्रित प्रभाव रहेको महाशाखाले जनाएको छ । अहिले देशभर बदली रही केही स्थानमा पानि परिरहेको छ ।

भोलि दिउँसो देशभर बदली रही अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ । त्यस्तै प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । भोलि राति प्रदेश १, प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै सोमबार देशभर बदली रही अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ भने प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८ शनिबार ००:००  ६ : ५६ बजे