७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्यूठानमा सरकारी जिप दुर्घटनाग्रस्त, एक जनाको मृत्यु



प्यूठान ।
प्यूठानको खलंगामा सरकारी जिप दुर्घटना हुँदा शनिबार एक जनाको मत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका अनुसार दुर्घटनामा परी जिप चालक प्रकाश आचार्यको मृत्यु भएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको ध१झ ५ नम्बरको उक्त जिप प्यूठानकै मल्लारानी गाउँपालिका वडा नम्बर ४ खत्रे खोलामा दुर्घटनामा परेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका प्रहरी सहायक निरीक्षक कृष्ण विकका अनुसार जिपमा चालक आचार्य मात्रै रहेकोले थप मानवीय क्षति हुनबाट जोगिएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका कार्यालय प्रमुख लगायतका कर्मचारीहरूलाई मल्लारानी गाउँपालिकाको कार्यालयमा छोडेर फर्किँदै गर्दा उक्त जिप दुर्घटनामा परेको प्रहरी सहायक निरिक्षक विकले जानकारी दिए । दुर्घटनामा परेको जिप सडकबाट १ सय ५० फिट तल खोलामा खसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८ शनिबार ००:००  २ : ३३ बजे