१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

बाणगंगा १० का विपन्न घरमा तरुण दल र नेविसंघको निर्माण र खाद्य सामग्री सहयोग



मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना कहरमा जनसेवामा लागिरहेको तरुण दल र नेपाल विद्यार्थी संघ कपिलवस्तुले बाणगंगा नगरपालिका वडा नम्बर १० का विपन्नहरुको घर नै बनाउन सहयोग गरेको छ । पटनाको सोनपुरका विपन्न वस्तीमा ती संगठनले इट्टा र जस्तासहित अन्य सहयोग पनि गरेका छन् । तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी र नेविसंघका क्षेत्रिय सभापति चन्द्रकान्त पोख्रेल लगायतका टोली करिब ढेड लाख मूल्य बराबरका निर्माण सामग्री, चामल दाल नुन तेल, आटा नुन सर्फ सावनु, विद्यार्थीको लागि ड्रेस बोकेर सोनपुर पुगेका थिए ।

‘सामाजिक कामका लागि हाम्रो अभियान, जहा दुःख त्यहा पुग्छ नेबि संघ र तरुण दल’ भन्ने नाराकासाथ अहिले आफूअरुले काम गरिरहेको तरुण दलका भापति ठकुरीले बताउनु भयो । कोरोना महामारीको बेला दुःखमा परेका बिपन्न परिवारलाई सहयोग गर्नु अहिलेको दायित्व समेत रहेको उहाँको भनाई छ । विगतका बर्षहरुमा पनि अभियान चलाएको र आगामी दिनमा अभियान जारी रहने क्षेत्रिय सभापति पोख्रेलको भनाई छ । सहयोग पाएपछि सुनपुरका विपन्नहरु पनि खुसी भएको छ ।

कार्यक्रममा तरुण दल र नेबि संघमा आवद्ध ८ जनाले सहयोग गरेका थिए । अभियानमा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, कांग्रेस पाका नेता विष्णु न्यौपाने लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८ शनिबार ००:००  ३ : ३६ बजे