१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

नेपालमा अस्ट्राजेनिका खोप ६० वर्ष माथिलाई प्रयोग नगर्न इयूको सुझाव



काठमाडौं ।

युरोपियन युनियन इयूको ड्रग रेगुलेटरअन्तर्गत कोभिड १९ टास्क फोर्सका प्रमुख मार्को काभालेरीले कोरोना संक्रमणविरुद्धको अस्ट्राजेनिका खोप ६० वर्षभन्दा बढी उमेरका लागि प्रयोग गर्न बन्द गर्नुपर्ने सुझाव दिएका छन्।

युरोपियन मेडिकल एजेन्सीले भने उक्त खोप सबै उमेर समूहलाई प्रयोग गर्न मिल्ने सिफारिस गरेको थियो। इटालीको अखबार ला स्टाम्पासँग कुरा गर्दै काभालेरीले अस्ट्राजेनिकाको साइड इफेक्ट देखिएकाले ६० वर्षभन्दा माथिलाई प्रयोग गर्न नहुने बताएका हुन्।

इटालीमा उक्त खोप लगाएका एक युवाको ‘ब्लड क्लटिङ’का कारण मृत्यु भएपछि उसले ६० वर्षभन्दा माथि उमेरकालाई यो खोप लगाउन बन्द गरेको बेलायती सञ्चार माध्यम रोयटर्सले उल्लेख गरेको छ।

नेपालमा कोभिसिल्ड नआउने भएपछि अब पहिलो डोज लगाइसकेकालाई कोभिसिल्डको विकल्पमा दोस्रो डोज अस्ट्राजेनिका लगाउने तयारी भइरहेको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८ आइतबार ००:००  ४ : ३३ बजे