१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कपिलवस्तुमा निषेधाज्ञा १ हप्ता थपियो, पहिले भन्दा खुकुलो !



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा एक हप्तामा निषेधाज्ञा थप गएिको छ । जिल्ला कोरोना नियन्त्रण समन्वय समिती डिसिसीएमसीको आज बसेको बैठकले असार ७ गते सम्म निषेधाज्ञा थप गर्ने निणर्य गरेको हो ।

यस अघि प्रशासनले जारी गरेको निषेधाज्ञा जेठ ३१ गते राती १२ बजे सकिदै छ । यसैबीच पाचौ पटक थप गरिएको निषेधाज्ञा पहिले भन्दा केहि खुकुलो बनाइएको छ । यस अघि अत्यावश्यक सवारी साधन र खाद्यान्नका पसलहरु बिहान संचालन गर्न दिइएको थियो भने बैंक तथा बित्तिय संस्थाहरु सातामा २ दिन खुलेका थिए ।

यसपटक नीजि सवारी साधन, मोटरसाइकल, कार, अटो रिक्सा चलाउन पाइने छ । यो निणर्य अनुसार अब सार्वजनिक बाहेक सबै यातायातहरु संचालन हुने छन् । यसैगरी बैंक तथा बित्तिय संस्था पूर्णरुपमा संचालनमा आउने गरि निर्णय भएको जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जनाएको छ ।

No photo description available.
No photo description available.No photo description available.

प्रकाशित मिति : ३० जेष्ठ २०७८ आइतबार ००:००  ४ : ५४ बजे