५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

पाल्पामा सिमेन्ट बोकेको टिपर दुर्घटनाः एकको मृत्यु, ४ जना सख्त घाइते



पाल्पा ।

रिब्दीकोट गाउँपालिका–२, लघुवा जोर्तेमा दुई वटा टिपर एकै ठाउँबाट खस्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्युु हुने गुल्मीको रुरुक्षेत्र गाउँपालिका–२ का ४५ वर्षीय टंकबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यसैगरी घाइतेहरु सोही गाउँकै टिपर चालक ३८ वर्षीय अशोक कुँवर, ४२ वर्षीय रमा कुँवर, ललितपुरका २६ वर्षीय टिपर चालक राजेन्द्र बजगाई, नवलपरासी सुनवल–९, का २२ वर्षीय किसन कुँवर रहेको प्रहरीले जनाएको छ । घाइते चार जनाकै अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए । दुर्घटनामा घाइते भएका सबैलाई पाल्पा तानसेनको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

बुटवलबाट गुल्मी जाँदै गरेका बा ४ ख ७३ २० र प्रदेश ३–०२ ००१ क ०२५० नम्बरको टिपर दुर्घटनामा परेका हुन् । बा ४ ख ७३२० नम्बरको टिपरले अर्काे टिपरलाई ठक्कर दिँदा दुवै टिपर भीरबाट खसेका थिए । प्रत्यक्षदर्शी विनोद शर्माका अनुसार दुवै टिप्परले सिमन्ट बोकेर गुल्मी जाँदै थिए । दुर्घटनाग्रस्त टिपर सडकदेखि झण्डै २ सय २० मिटर तल खसेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८ आइतबार ००:००  ५ : २२ बजे