४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

इजरायलमा नेतान्याहुको १२ बर्षदेखिको शाषनकाल ढल्यो



काठमाण्डौ ।

इजरायलको सत्ताबाट बेन्जामिन नेतान्याहु बाहिरिनु भएको छ । इजरायली संसदमा नयाँ गठबन्धन सरकारको पक्षमा बहुमत पुगेसँगै १२ वर्षदेखि लगातार प्रधानमन्त्री रहनुभएका नेतान्याहु बाहिरिनु भएको बीबीसीले जनाएको छ।

एक सय २० सदस्यीय संसदमा आफूसहित ६१ प्रतिनिधिको साथ पाएका विपक्षी गठबन्धनका नेता नेफ्टाली बेनेट इजरायलको प्रधानमन्त्री बन्नुभएको छ । नेतान्याहुले ५९ मत प्राप्त गर्नुभयो । पाँच पटक इजरायलको प्रधानमन्त्री बन्नुभएका नेतान्याहु पछिल्लो पटक सन् २००९ देखि लगातार प्रधानमन्त्री हुनुहुन्थ्यो ।

विपक्षी गठबन्धनको सहमतिअनुसार दक्षिणपन्थी यामिना पार्टीका नेता नेफ्टाली बेनेट र येश यटिड पार्टीका नेता येर लेपिडले आलोपालो सरकारको नेतृत्व गर्नेछन् । बेनेट सन् २०२३ सम्म प्रधानमन्त्री बन्नुहुने छ भने मध्यमार्गी येश एटिड पार्टीका नेता लेपिडले सन् २०२३ को अगस्टदेखि सरकारको नेतृत्व गर्नुहुनेछ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८ सोमबार ००:००  ६ : ३२ बजे