८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

दाङकी सांसद विमला ओलीलाई एमालेले कारबाही गर्दै, नीति तथा कार्यक्रमको विपक्षमा उभिएको आरोप



मायादेवी अनलाइन, चारनम्बर ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलले सांसद विमला ओलीलाई कारबाही गर्ने भएको छ । सरकारले आइतबार सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिएको भन्दै एमाले प्रदेश संसदीय दलले सांसद ओलीलाई कारबाही गर्न थालेको हो ।

एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक भुमिश्वर ढकालले यो विषयमा रेडियो मायादेवीको समय संवाद कार्यक्रममा कुराकानी गर्दै यस्तो बताउनुभएको हो ।

दाङबाट उपनिर्वाचनमा विजयी सांसद ओलीले यसभन्दा अगाडी नै माओवादी केन्द्र प्रवेश गरेको घोषणा गर्नुभएको थियो । तत्कालिन समय बामगठबन्धबाट उत्तरकुमार ओलीले सूर्य चिह्नबाट चुनाव जित्नु भएको थियो । यद्यपि उहाँको दुर्घटनाबाट निधन भएपछि नेकपाले उत्तरकुमारकी जीवनसंगिनी विमलालाई उठाएको थियो । पछि नेकपा विभाजन भएपछि बिमला नेकपाकी सांसद हुनुभएको थियो । उहाँले अन्ततः माओवादी केन्द्र रोज्नुभएको थियो ।

एमालेले बिमला ओलीलाई आफ्नो सांसद भन्दै आएको छ । आइतबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ओली विपक्षीमा उभिदै माओवादी केन्द्रका सांसदसंगै बस्नु भएको थियो । उक्त दृश्य लगत्तै एमालेले लुम्बिनीले उहाँलाई पार्टी हित विपरितको काम गरेको भन्दै स्पष्टिकरण सोध्न लागेको प्रमुख सचेतक ढकालले बताउनुभयो । स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नआए उहाँमाथि कारबाही गर्ने उहाँले चेतावनी दिनुभयो ।

थप सुन्न तलको अडियो क्लीक गर्नुहोस्

प्रकाशित मिति : ३१ जेष्ठ २०७८ सोमबार ००:००  ७ : ३४ बजे