१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

आज विश्व रक्तदाता दिवस, कपिलवस्तुमा शान्ति समाजले रक्तदान गर्दै



काठमाण्डौ ।

आज विश्व रक्तदाता दिवस । ’यस वर्ष सेवाले रक्तदान गरौँ र संसारलाई चलायमान बनाऔँ’ भन्ने नाराका साथ मनाइँदैछ । हरेक वर्ष जुन १४ तारिखमा विश्वभरि रक्तदाता दिवस मनाइन्छ । सन् २००४ देखि सुरु भएको दिवसमा स्वच्छ रगतको उपलब्धता, स्वयंसेवी रक्तदाताहरूको महत्त्व र रगतजन्य अन्य जीवन रक्षा गर्ने तत्वहरूबारे सचेतना फैलाइन्छ ।

दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटीले तीन हजारभन्दा धेरै रक्तदाताहरुलाई धन्यवाद मोबाइल सन्देश पठाएको जनाएको छ । दिवसको पूर्वसन्ध्यामा हिजो भएको भर्चुअल अन्तर्क्रिरयामा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर नेत्र तिम्सिनाले कोरोना महामारीमा पनि रक्तदाताहरुले अर्काको जीवन जोगाउन रक्तदान गरिरहनुभएकोमा सम्मान व्यक्त गर्नुभयो ।

यसैबीच मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुले आज बाणगंगामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । रेडक्रसको उपशाखा चार नम्बरमा विहानदेखि रक्तदान कार्यक्रम सुरु भएको अध्यक्ष गोविन्द पोख्रेलले जानकारी दिनुभयो । कार्यक्रममा बिभिन्न संघ संस्थाले सहयोग गरेका छन् ।

No description available.

प्रकाशित मिति : ३१ जेष्ठ २०७८ सोमबार ००:००  ८ : १६ बजे