१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

अविरल वर्षाः विभिन्न नदी खोलामा बाढी कुन नदीको अवस्था के ?



काठमाण्डौ ।

अविरल वर्षासँगै नदी र खोलामा बाढी आएको छ । नारायणी र गण्डकी नदीका विभिन्न ठाउँमा पानीको बहावले खतराको सङ्केत पार गरेको छ । पछिल्लो ६ घण्टामा चितवनको भरतपुर, रामपुर र आसपासका क्षेत्रहरूमा भारी वर्षा भएको र थप बर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा हुनेहरूले भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । आज वाग्मतीसहित पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश तथा प्रदेश नम्बर २ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

उहाँका अनुसार यी प्रदेशका धेरै ठाउँमा भने सामान्यदेखि मध्यम खालको वर्षा हुनेछ । देशभर नै बादल लागेकाले अबको तीन दिन देशका सबै ठाउँमा पानी पर्ने मौसमविद् मानन्धरले बताउनुभयो ।
यतिबेला कुन नदीको अवस्था के छ ? हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : १ असार २०७८ मंगलबार ००:००  ११ : १५ बजे