२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

रक्सी पिउनेलाई लामखुट्टेले बढी टोक्ने !



काठमाडौं ।

रक्सी पिउने मानिसलाई लामखुट्टेले बढी टोक्ने एक अध्ययनले देखाएको छ। रक्सीमा हुने अक्टानल नामक रसायनका कारण रक्सी पिएको मानिसलाई लामखुट्टेले बढी टोक्ने अध्ययनले देखाएको हो।​

सामान्यतया मानिसले सास फेर्दा निस्कने कार्बनडाई अक्साईडका कारण लामखुट्टेले मानिस पत्ता लगाएपनि अक्टानलले लामखुट्टेलाई बढी आकर्षित गर्छ।

रगतमा रहेको नशाका कारण लामखुट्टेलाई भने असर नगर्ने अमेरिकी अनुसन्धान प्रतिवेदन जर्नल अफ मस्विटो कन्ट्रोल एसोसिएशनले उल्लेख गरेको छ।

लाखौं वर्ष देखि मानिसको रगत चुस्न अभ्यस्त भएका कारण लामखुट्टेमा विकार पचाउने प्रणाली विकास भैसकेको अध्ययनले देखाएको छ।

मानिस वा प्रकृतिबाट खराब तत्व किरा फट्याङ्ग्राले चुसेपनि त्यसलाई विकारका रुपमा निकाल्न सक्ने क्षमताका कारण लामखुट्टेमा रक्सीले असर नगर्ने लन्डनको नेचुरल हिस्ट्री म्युजियमले उल्लेख गरेको छ।

यसैगरी, ओ ब्लड ग्रुपका मानिस प्रति लामखुट्टे बढी आकर्षित हुने भएकाले उनीहरु समेत लामखुट्टेको नजरमा हुन्छन्। गर्भवती, लामो सास फेर्ने ब्यक्तिलाई लामखुट्टेले बढी टोक्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति : १ असार २०७८ मंगलबार ००:००  ११ : २० बजे