१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

राप्ती नदीमा फसेका चार जनाको सकुशल उद्धार



दाङ ।

दाङ देउखुरीको राप्ती नदीमा आएको बाढीका कारण वेला घाटमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेना, नेपाल सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा वेला घाटमा फसेकाहरुको सकुशल उद्धार गरिएको हो ।

लमही नगरपालिका ७ हस्नापुर ४८ निवासी मन्साराम चौधरी, राजपुर गाउँपालिका(२ का ४५ वर्षीया सावित्रा, त्यही ठाउँ निवासी २६ वर्षीय राधे यादव, राजपुर गाउँपालिका ३ प्रतापपुर निवासी २६ वर्षीय गणेश यादवको झण्डै १२ घण्टापछि सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी नीरिक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।

भैंसी चराउन गएको बेलामा राप्तीमा भेल बढ्यो । त्यसपछि उनिहरु फर्कन सकेनन । त्यसपछि उद्धारको प्रयास सुरु भयोु प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो, राति १ बजे सम्मको प्रयास सफल हुन सकेन । त्यसपछि बिहान उद्धार थालियो ।

यस्तै तीन परिवारका १७ ओटा भैंसी टापुमा रहेका छन् । श्यामलाल चौधरीले भन्नुभयो, बाढी कम भयो भने भैंसी ल्याउन जानुपर्छ, सधैं त्यहीँ चराउन जानुपर्छ, यसपालि बाढीले दुस्ख दियो ।

प्रकाशित मिति : २ असार २०७८ बुधबार ००:००  १२ : ४१ बजे