११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

बाढी वितण्डाः नवलपरासीमा एक सय ५० बिघामा लगाएको चैतेधान नष्ट



नवलपरासी ।

नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ बगुवनमा बाढीका कारण तयारी अवस्थामा रहेको एक सय पचास बिघाको धान नष्ट भएको छ । ​बगुवनमा लगाइएको एक सय ५० बिघाको चैतेधान नष्ट गरेको लक्ष्मी आधारभूत विद्यालय बगुवनका शिक्षक बुद्धराज विश्वकर्माले बताउनुभयो ।

धेरैजसोले चैतेधान काटेर राखेका थिए । काटेर खेतमै रहेको धान विनयी खोला र नारायणी नदिको पानीले बगायोु, शिक्षक विकले बताउनुभयो ।यस्तै बाढीले बगुवनमा रहेका लक्ष्मी आधाभूत विद्यालयसहित बाखोरटोलका करिब ७ घर डुबानमा परेका छन् ।

बाढीले घर डुबानमा परेपछि घरका मानिस, खाद्यान्न, पशु चौपायालाई गाउँ नजिकको डाँडोमा सार्ने तयारी गरिएको शिक्षक विकले बताउनुभयो । तीन तिरबाट विनयी र नारायणी नदीले घेरेको बगुवन क्षेत्रमा अन्य कतिपय टोल डुबानमा पर्ने सक्ने भन्दै स्थानीय चिन्तित बनेका छन् ।

प्रकाशित मिति : २ असार २०७८ बुधबार ००:००  १ : ०५ बजे