७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

स्याङ्जामा जीप दुर्घटनाः १ जनाको ज्यान गयो, ६ गम्भीर घाइते



स्याङ्जा ।

स्याङ्जाको भीरकोटमा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । भीरकोटको बानेथोकबाट बयारघारी बजारका लागि छुटेको ग १ ज ४९४० नम्बरको जीप भीरकोट ४ कै सेन्थुम्का नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा परि घाइते भएका भीरकोट ३ का अन्दाजी ३६ वर्षका गणेशजंग अधिकारीको उपचारका क्रममा कालिका सामुदायिक अस्पताल हेलुमा ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यस्तै अन्य ६ जना घाइतेहरुको पनि हेलुमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा लगिँदै गरेको भीरकोट ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी लक्ष्मणले जानकारी दिनुभयो । घाइतेहरु सबै भीरकोट ३ का हुन् । अविरल वर्षाका कारण बाटो चिप्लो हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : २ असार २०७८ बुधबार ००:००  १ : ४९ बजे