१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

शिवराजले बजेटको आकार बढायो, १ अर्ब बढीको बजेट ल्याउने तयारी



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको शिवराज नगरपालिकाले बजेटको आकार बढाउने भएको छ । चालु आवको भन्दा आव ०७८/०७९ का लागि झण्डै १० प्रतिशतले बजेटको आकार बढ्ने भएको हो ।

रेडियो मायादेवीको दैनिक कार्यक्रम समय संवादसंग विहीबार विहान कुराकानी गर्दै नगर प्रमुख नेत्रराज अधिकारीले उक्त कुराको जानकारी दिनुभयो ।

नगर प्रमुख अधिकारीका अनुसार नगरले यहीँ असार १० गते बजेट ल्याउने छ । विभिन्न क्षेत्रबाट सुझाव संकलन गरी नीति तथा कार्यक्रम बनाइसकेको भन्दै उहाँले अब तत्काल बजेट ल्याउने तयारी थालिएको बताउनुभयो ।

प्रकाशित मिति : ३ असार २०७८ बिहिबार ००:००  ७ : २१ बजे