६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

पाल्पा–बुटवल सडक तीन दिनपछि खुल्यो



पाल्पा ।

पहिरो खसेर बन्द भएको पाल्पा–बुटवल सडक सञ्चालनमा आएको छ । गएको मङ्गलवारदेखि बन्द भएको सडक अहिले केहीबेर अघिदेखि सञ्चालनमा आएको हो । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा–बुटवल सडकको दर्जनौँ ठाउँमा पहिरो गएपछि बाटो बन्द भएको थियो । पहिरोले बाटो नै बगाएपछि सञ्चालनमा ल्याउन समस्या भएको थियो । बाढी–पहिरोका कारण अहिले देशका विभिन्न राजमार्गमा अवरोध आएको छ । केही राजमार्ग पूर्णरूपमा बन्द छन् भने केही एकतर्फी खुलेका छन् ।

प्रकाशित मिति : ३ असार २०७८ बिहिबार ००:००  ४ : ५६ बजे