१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पेयपदार्थको बोतल हटाउने खेलाडीलाई जरिवाना गरिने



एजेन्सी ।

यूईएफएले युरोकप फुटबल अन्तर्गत खेलपछिको पत्रकार सम्मेलनको क्रममा स्पोन्सरले राखेको पेयपदार्थको बोतल नहटाउन टिम र खेलाडीलाई आग्रह गरेको छ । यूईएफएले स्पोन्सरको बोतल हटाएमा खेलाडी र टिमलाई जरिवाना तिराउने चेतावनी समेत दिएको छ ।

पछिल्लो पटक खेलाडीहरुले स्पोन्सरको बोतल हटाउन थालेपछि यूईएफएले चेतावनी दिएको हो । सोमबार पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको बोतल हटाएर पानी खान आग्रह गरेका थिए । यस्तै फ्रान्सका पाउल पोग्बाले हेनेकेन बियरको बोतल हटाएका थिए ।
इटालीका म्यानुएल लोकाटेलीले समेत कोकाकोला हटाएर पानी राखेका थिए ।

प्रकाशित मिति : ४ असार २०७८ शुक्रबार ००:००  १० : ३३ बजे