२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

खोलाले बगाएर ल्याएको अवस्थामा अर्घाखाँचीमा एक पुरूषको शव फेला



बिष्णु कुमार आले, अर्घाखाँची ।
खोलाले बगाएर ल्याएको अवस्थामा अर्घाखाँचीको शितगंगा ८ सिलिङ्खोलामा एक पुरूषको शव फेला परेको छ । अन्दाजी २५ ÷ २६ बर्ष उमेरको देखिने पुरूषको सनाखत हुन सकेको छैन । शवलाई अहिले पोष्टमाट्मका लागि दाङको लमई अस्पतालमा लगिएको सातमारा प्रहरी चौकी प्रमुख देब बहादुर केसीले जानकारी दिए ।

खोलाले बगाएर ल्याउदै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयले शवलाई खोलाबाट बाहिर निकालेका थिए । घटनाको प्रकृति हेर्दा मृतक युवाको शरीरमा कुनै चोटपटक नदेखिएका कारण सव शितगंगा ८ भित्रको, तथा बाहिरबाट पाउना बस्न आएको वा नजिकै आसपास क्षेत्रको हुन सक्ने प्रहरी र स्थानीयको अनुमान छ ।

प्रकाशित मिति : ४ असार २०७८ शुक्रबार ००:००  ११ : ०५ बजे