२ भदौ २०८३, मंगलबार | Wed Aug 19 2026

९ दिनको उपचार पछि सत्यमोहन जोशी डिस्चार्ज



काठमाण्डौँ । संस्कृतिविद् सत्यमोहन जोशी उपचार गराएर घर फर्केका छन्।ललितपुरको किष्ट अस्पतालमा ९ दिन उपचार गरेर शुक्रबार जोशी घर फर्केका हुन्।

श्वासप्रश्वास, छातीको संक्रमण र मुटुको चालमा गडबडी देखिएपछि उपचारका लागि जोशीलाई अस्पताल भर्ना गरिएको थियो।

गत जेठ २६ मा जोशी अस्पताल भर्ना भएका थिए। जोशीलाई निमोनिया पनि देखिएको थियो।
अस्पतालका अनुसार जोशीको स्वास्थ्यमा सुधार आएको छ।
‘उहाँको स्वास्थ्यमा सुधार भई हिँडडुल गर्न सक्ने हुनुभएको छ,’ अस्पतालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

जोशीलाई एक सातापछि छाती रोग विशेषज्ञ प्रा।डा। मिलेशजंग सिजापतिले फलोअप परीक्षण गर्नेछन्।
किष्ट अस्पतालले जोशीको निस्शुल्क उपचार गर्दै आएको छ।

प्रकाशित मिति : ४ असार २०७८ शुक्रबार ००:००  २ : ५५ बजे