२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

प्राविधिकसहित १० जना विज्ञको टोली हेलम्बुमा



काठमाण्डौ ।

मेलम्चीमा पानी नपर्दा पनि बाढी आएको कारण बुझ्न प्राविधिकसहितको विज्ञको टोली सिन्धुपाल्चोकको हेलम्बुमा पुगेको छ ।
बिहान साढे ११ बजे हेलिकोप्टरबाट राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलको नेतृत्वमा प्राविधिकसहित १० जना विज्ञको टोली हेलम्बु पुगेको हो । अहिले बाढी पहिरो आएका ठाउँको अवलोकन र निरीक्षण गर्ने काम भइरहेको पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पानी नपरे पनि मेलम्चीमा बाढी आउनुको कारण बेलुकासम्ममा केही जानकारी सार्वजनिक गरिनेछ । विज्ञ टोली आजै काठमाण्डौ फर्किने छ । मेलम्ची खोलामा अहिले पानीको सतह कम भए पनि घटबढ भइरहेकाले त्रास थपेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ असार २०७८ शनिबार ००:००  ३ : १० बजे