१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

इरानी राष्ट्रपतिमा राइसी विजयी



काठमाडौं ।

इरानका कट्टरपन्थी नेता इब्राहिम रईसी इरानका नयाँ राष्ट्रपति निर्वाचित भएका छन ्। उनले ६२ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

राष्ट्रपतीय निर्वाचनमा उनले आफ्ना तीन प्रतिद्वन्द्वीलाई पछि पारेका छन्। अहिले रइसी इरानका प्रधानन्यायाधीश हुन् र उनी अतिरूढिवादी विचार राख्छन् । अमेरिकाले उनीविरुद्ध प्रतिबन्ध लगाएको छ । उनी राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्धामा संलग्न थिए ।

इरानमा सर्वोच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा पर्छ । तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ ।

सन् २०१७ मा हसन रुहानीसँग राष्ट्रपति पदमा हार बेहोरेपछि ६० वर्षीय रईसीले सन् २०१९ मा न्यायालय प्रमुखको रुपमा नियुक्ती पाएका थिए ।

इरानमा सर्वोच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा पर्छ । इरानका सर्बोच्च नेता हाल अयोतोल्लाह अलि खमेनी हुन्। रईसीले अगष्ट महिनाको पहिलो साता कार्यभार सम्हाल्ने बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७८ आइतबार ००:००  ८ : २९ बजे