८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

लुम्बिनी प्रदेशः विपक्षी गठबन्धनद्वारा प्रदेश सभा बैठक बहिस्कार



रुपन्देही ।

लुम्बिनी प्रदेश सभाको आइतबार बसेको बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेको छ। अल्पमत परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले बैठक बहिस्कार गरेका हुन् ।

असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८-०७९ को बजेट प्रस्तुत गरेको थियो । तर, आज बैठक सुरु हुनासाथ विपक्षी दल नेपाली काँग्रेसका वीरेन्द्र कनौडियाले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने बताए । त्यसपछि काँग्रेस, माओवादी र जसपा सांसदहरु बैठकबाट हिँडेका थिए । आय व्ययको छलफल भएपछि आजै विनियोजन विधेयक पेश हुने कार्यसूची रहेको थियो ।

प्रकाशित मिति : ६ असार २०७८ आइतबार ००:००  ३ : १९ बजे