१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

टेस्ट च्याम्पियनसिप फाइनलः भारत अलआउट, न्युजिल्याण्डको मध्यम सुरुवात



एजेन्सी । आईसीसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलको पहिलो इनिङ्समा न्युजिल्याण्डले मध्यम सुरुवात गरेको छ ।साउथह्याम्पटनमा भारतलाई अलआउट गरेर पहिलो इनिङ्स थालेको न्युजिल्याण्डले दोस्रो दिनको खेल सकिदा २ विकेट गुमाएर १ सय १ रन जोडेको छ । पहिलो इनिङ्समा न्युजिल्याण्ड १ सय १६ रनले पछि रहेको छ ।

न्युजिल्याण्डका लागि ओपनर डेभोन कन्वेले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । टम लाथम ३० रन जोडेर आउट भए ।कप्तान केन विलियम्सन १२ रनमा अविजित रहदा रोस टेलर सुन्य रनमा अविजित छन् । भारतका इशान शर्मा र रविचन्द्र आश्विनले १र१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्समा २ सय १७ रन जोड्दा अलआउट भएको थियो ।

पहिलो इनिङ्समा भारतका अजिन्का रहाणेले सर्वाधिक ४९ रन बनाए । यस्तै कप्तान विराट कोहलीले ४४ रन जोड्दा रोहित शर्माले ३४ रन बनाए ।शुबमन गिलले २८ तथा रविचन्द्र आश्विनले २२ रन बनाए ।भारतलाई सस्तैमा समेट्ने न्युजिल्याण्डका केली जेमिसनले ५ विकेट लिए । उनले मात्र ३१ रन खर्चिए ।

त्यस्तै ट्रेन्ट बोल्ट र निल वाग्नेरले २र२ विकेट लिए ।यस टेस्ट च्याम्पियनसिपको विजेताले १।६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने छन् । फाइनल टेस्ट ड्र ९बराबरी० मा सकिए उपाधि बाडिने छन् ।

यस्तै उपविजेता टोलीले ८००,००० अमेरिकी डलर पाउने जनाएको छ । आईसीसीले दुई टिमले पाउने पुरस्कार राशि २।४ मिलियन अमेरिकी डलर रहेको जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७८ सोमबार ००:००  ९ : ०६ बजे