१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

लुम्बिनी प्रदेश सभा बैठक बस्दै नबसी स्थगित



रुपन्देही ।

लुम्बिनी प्रदेश सभाको आज बुधवार को बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ । यसअघि असार १ गते प्रस्तुत भएको बजेटका विषयमा छलफल गर्न असार ६ गते बोलाइएको प्रदेश सभाको बैठक विपक्षी दलहरूले बहिष्कार गरेपछि आजका लागि बोलाइएको थियो ।

आज पनि विपक्षी दलहरूले बहिष्कार गर्ने भएपछि बैठक बस्दै नबसी स्थगित भएको हो । आठौँ अधिवेशनको १० औँ बैठक विशेष कारणले स्थगित भएकाले सभामुखको निर्देशनअनुसार आउँदो २७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ असार २०७८ बुधबार ००:००  ५ : २५ बजे