१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

२४ घण्टामा २ हजार ४ सय २१ जनामा कोरोना सङ्क्रमण



काठमाण्डौ ।

गएको २४ घण्टामा देशभर दुई हजार चार सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सात हजार चार सय ६१ जनाको आरटीरपीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ११ जनामा र चार हजार नौ सय ५३ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा नौ सय १० जना गरी दुई हजार चार सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा थपिएका सङ्क्रमितमध्ये काठमाण्डौ उपत्यकाका चार सय ९७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाण्डौमा तीन सय ४६ जनामा, ललितपुरमा ९४ जनामा र भक्तपुरमा ५७ जनामा सङ्क्रमण देखिएको हो । नेपालमा आज ५० हजार पाँच सय २० जना सक्रिय सङ्क्रमित छन् । यस्तै गएको २४ घण्टामा तीन हजार पाँच सय ५८ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै यो अवधिमा कोरोना सङ्क्रमणका कारण ५२ जनाको ज्यान गएको र विभिन्न समयको थप २९ जना गरी ८१ जनाको ज्यान गएको तथ्याङ्क प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७८ बुधबार ००:००  ५ : २६ बजे