८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बुद्धभूमिले दियो ३३ जना एकल महिलालाई बाख्रा, जीविकोपार्जनमा टेवा पुग्ने विश्वास



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले एकल महिलाका लागि बाख्रा वितरण गरेको छ । नगरभित्र रहेका १० वडाका एकल महिलालाई बुद्धभूमिले बाख्रा वितरण गरेको हो । नगरमा संचालित मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तरगत एकल महिलालाई स्वरोजगार बनाउनका लागि नगरपालिकाले बाख्रा वितरण गरेको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगर भित्र रहेका ३३ जना एकल महिलाहरुका लागि व्यवसाय प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रति व्यक्ति २ वटाका दरले बाख्रा बितरण गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

बाख्रा पाएपछि बुद्धभूमि वडा नं ६ की कान्ती लोध खुसी हुनुहुन्छ । नगरपालिकाले दिएका बाख्रालाई राम्रोसँग हुर्काई यसैबाट आम्दानी गरेर जिविकोपार्जन गर्ने उहाँले मायादेवीलाई सुनाउनुभयो ।

बाख्रा वितरण कार्यक्रममा उप–प्रमुख मिरा थारु, प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल, सिफारिस समितिका सदस्य देवी बेल्वासे, सुशीला दर्लामी, प्रशासकीय अधिकृत राजन पोख्रेल, इञ्जिनियर निकिता त्रिपाठी, शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद भट्टराई, योजना शाखा प्रमुख तथा कार्यक्रम फोकल पर्सन नविन खनाल, बिद्यालयका प्रधानाध्यापक लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ असार २०७८ बुधबार ००:००  ६ : ०४ बजे