७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

‘उनी चर्चामा आएनन्, तर यति धेरै गौरवपूर्ण काम वडामा गरे’



मायादेवी अनलाइन, चारनम्बर ।
११ वडा रहेको कपिलवस्तुको बाणगंगा नगरपालिकाका एक जनप्रतिनिधि हुन सोमनाथ अर्याल । वडा नम्बर ११ मा वडाध्यक्षको रुपमा निर्वाचित भइसके पछि उनले गरेको र प्रगति र विकासले सबैलाई लोभ्याउँछ । शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, पूर्वाधार, खानेपानी आदि क्षेत्रमा उनले उल्लेख्य गरेका छन् ।

अक्सर धेरै जनप्रतिनिधि स–साना काम र तालिम सेमिनारमा केन्द्रित हुँदा अर्यालले भने लक्षित बर्गका कार्यक्रमसंगै अन्य धेरै गौरवपूर्ण काम गरेका छन् । उनकै पहलमा वडाले संघ र प्रदेशका करोडौँका आयोजनाहरु पनि पाएको छ ।

स्थानीय सरकार आएपछि वडामा भएको प्रगति देखेर वडाबासी दंग छन् । माओवादी केन्द्रबाट स्थानीय सरकारको प्रतिनिध बनेका अर्याल शालिन, धेरै नबोल्ने, भद्र स्वभावका छन् । उनी न विवादमा आउने गर्दछन् न अनावश्यक प्रचारमा रमाउँछन् । खुरखुरु जनताको सेवामा तल्लिन अर्यालको पहलमा वडामा भएका र भइरहेका कामहरको बारेमा आउनुहोस् एकैछिन् चर्चा गरौँ ।

१ः नमुना कृषि उपज संकलन केन्द्रः
हथौसा शिवरात्री मेला नजिक बन्दै गरेको लुम्बिनी प्रदेशकै नमुना कृषि उपज संकलन केन्द्र – योजना संघीय सरकार लागत – ४८ करोड – निर्माणधिन
२ बाणगंगाको पहिलो कवर्ड हल ओदारीमा लागत – ७० लाख
३ बाणगंगाको सुविधा सम्पन्न सभा हल ५०० जना अट्ने लागत – ७५ लाख
४ बरवा र ओदारीमा निर्माणधिन नेपाल टेलिकमको टेलिफोन टावर – १० करोड
५ बरवा खानेपानी टंकी निर्माणाधिन – ७० करोड ५० लाख लिटर ओभर हेड
६ ओदारी खानेपानी – ५ करोड २५ ०००० लाख लिटर ओभर हेड
७ हथौसा घरबधियामा नहरी करण करिव ४ कि करोडा ( २ कि.मि ) बनिसकेको
८ विभिन्न टोल बस्तिमा नाली निर्माण वडा बजेटमा करिव ८ किमि । ओदारी-हथौसा-बरवा-भइसाइवा-भैटी-भैसद्धार, देउवापार, दाचेतियामा ३ करोड
९ सडक ग्रावेल स्तर उन्नती – ३० कि.मि – १ करोड सम्पन्न भएको
१० सडक मर्मत १० किमि –५५ लाख
११ सडक कालो पत्रे १६ किमि – १० करोड (वडा, नगर, प्रदेश संसद विकाश कोष)
१२ कलमट १५ – ५० लाख
१३ ह्युम पाइप ५० – १५ लाख
१४ खेल मैदान ३ – १० लाख
१५ वालउद्यान पार्क १ –७ लाख
१६ ओदारी मा वि को ६ काठे भवन निर्माण – ३० लाख
१७ ओदारी नि मा वि भड्डीहवा भवन निर्माण – ३० लाख
१८ सुर्यदय मा वि बरवा भवन तथा खेलमैदान – ४० लाख
१९ विभिन्न टोलका मठ मन्दिर २० वटा निर्माण – १ करोडा
२० देउवापार, ओदारी, मैनाहरा, चित्रपुरा, भडसडवा, सयानम, पदमपुरमा टान्स फारम ११ वटा, तार पोल २६० वटा र वडालाई विधुत चुहावट मुक्त वडा घोषणा
२१ ६ वटा विद्यालयका वाल र कक्षाको पुर्ण सुधार – १० लाख
२२ हथौसा=बरवा सहरी स्वास्थ्य केन्द्र, मनहरी खोप क्लिनिकको मर्मत निर्माण तार–वार – २५ लाख
२३ विभिन्न टोल वस्ती चापाकल तथा आर्टी जन बारिङ निर्माण ५०० वटा
२४ सहकारी भवन निर्माण ३ वटा –३९ लाख
२५ आर्थिक वर्ष ०७७/७८ मा ९८ प्रतिशत काम सम्पन्न

प्रकाशित मिति : ९ असार २०७८ बुधबार ००:००  ६ : १७ बजे