२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष शाक्यको निधन



गुल्मी ।

मुसिकोट उधोग वाणिज्य संघका अध्यक्ष सुदर्शन शाक्यको ५५ वर्षको उमेरमा हृदयाघातका कारण उपचारको क्रममा निधन भएको छ। गत शनिवार उनलाई हृदयाघात भएपछि रुपन्देहीको गौतमबुद्ध अस्पतालमा उपचारको लागि लगिएको थियो।

गए राति ११ बजे उपचारकै क्रममा निधन भएको उद्योग वाणिज्य संघका सदस्य ज्ञानहरि सापकोटाले जानकारी दिए। मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष, नेपाली कांग्रेस मुसिकोटका सभापति लगायत १९ वटा संघ संस्थाका प्रमुख रहेका उनलाई गुमाउनुपर्दा संस्थाहरुलाई ठूलो क्षति भएको सापकोटाले बताए।

यता, मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले सामाजिक र राजनीतिक ब्यक्ति गुमाउनु पर्दा नगरवासीलाई ठूलो क्षती भएको सुनाए। राजनीतिक ,सामाजिक व्यक्तित्व एवं मुसिकोटका मणि गुमाउनुपर्दा पार्टी र समाजलाई गम्भीर क्षती पुगेको नेपाली काँग्रेस गुल्मीका सचिव खिल ध्वज पन्थीले बताए।

प्रकाशित मिति : १० असार २०७८ बिहिबार ००:००  ३ : ३६ बजे